४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

बागबजारमा एमाले २८ वडा कमिटीको कार्यालय स्थापना


प्रकाशित: मंगलवार, २४ फागुन २०७८, १८ः०० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौंको बागबजारमा नेकपा एमालेको २८ वडा शाखा कमिटिको कार्यलय स्थापना गरिएको छ ।


मंगलवार काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य तथा एमाले केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यले कार्यलयको उद्घाटन गरेका हुन । 


बागबजार सिटी म्याक्स हलमा वडा कमिटिको कार्यलय स्थापना गरिएको वडा कमिटीका अध्यक्ष विरेन्द्र महर्जनले जानकारी दिए । 


शाखा कमिटिको कार्यकता भेला कार्यक्रमका प्रमुख अतिथी समेत रहेका शाक्यले कार्यकर्तालाई आगामी स्थानिय निर्वाचन जित्ने विश्वास राख्नु पर्ने बताए ।


शाक्यले कार्यलय स्थापना गरेर मात्र होइन, फिल्डमा खटेर जनताको मन जित्नु पर्ने हुन्छ । जनताका समस्याहरुलाई सम्बोधन गर्ने कार्यमा जुट्नु पर्ने बेला आएको भनाई राखे । 


आफू महानगरको प्रमुख भएपछि थुप्रै कामहरु भएको छ, कति कामहरु कानुनी बाधा अड्चनले हुन सकेन, केही अवरोध, विवादका कारणले नभएको प्रमुख शाक्यको भनाई थियो । 

 


आफूले गरेको कामको चर्चा गर्दै शाक्यले भने,‘ तपाईलाई एउटै मात्र भन्न चाहन्छु, काष्ठमण्डप बन्यो, तयारी गरेर उद्घाटनको अन्तिम चरण पुगिसक्यो, उद्घाटन गर्ने भनेर अन्तिममा तयारी पनि गरयौ, उद्घाटन गरेर जस हामीले लिन्छ भनेर मुद्दा हालेर छोड्ने काम भयो, मुद्दा हालेपछि उद्घाटन गर्ने काम रोकियो, त्यसमा पनि हाम्रा सम्माननिय राष्ट्रपतिबाट उद्घाटन गर्ने गरी तयारी गरेका थियौ, गरेपछि हामीले जस लिन्छ भनेर जसरी भएपनि चुनावसम्म उद्घाटन गर्न नदिने, आफूले जिते भने जस लिने भनेर बसिरहेको छ ।’


सो अवसरमा बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पनि नजिकिदै गएको स्थानीय चुनाव जित्न जनताको मन जित्ने कार्य गर्न कार्यकर्ताहरुलाई सुझाव दिएका थिए । 


कार्यक्रममा नेकपा एमालेका मधुसुदन तण्डुकार, काठमाडौ महानगर कमिटीका अध्यक्ष निर्मल देउला लगायतले भेलालाई सम्बोधन गरेका थिए । 

 


कार्यक्रम महानगर कमिटीका उपसचिव देवेन्द्र खड्गीले सञ्चालन गरेका थिए भने शाखा कमिटीका अध्यक्ष महर्जनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।  


तस्वीहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika