७ मङ्सिर २०८३, आइतबार
Binod Yojesh Ram

बागबजारबाट नवज्योती एफएमको स्वास्थ्य अभियान सुरु


प्रकाशित: शुक्रवार , ११ माघ २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नवज्योती एफएम ८८.२ मेगाहर्जले देशव्यापी स्वास्थ्य सवालमा अन्तरक्रिया अभियान सुरु गरेको छ ।


काठमाडौं महानगरपालिका वडा २८ बाट सो अभियानको औपचारिक सुरुवात गरेको एफएमका व्यवस्थापक विशाल गौतमले बताए ।


शुक्रवार बागजारस्थित शहिद शुक्रराज विद्यालयमामा आयोजित कार्यक्रममा व्यवस्थापक गौतमले स्वास्थयसम्न्धी कुनै पनि समस्या भएमा वा पैसाकै अभावले उपचार गर्न संभव नभए आफुहरुलाई सम्पर्क गरेको खण्डमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । 


सो अन्तरक्रिया कार्यक्रममा नेपाल अवुद्र्धरोग निवारण संस्था भक्तपुरका चिकित्सक तथा क्यान्सर विशेषज्ञ डा. प्रभु प्रसाद शाहले क्यान्सर रोग के हो, कसरी लाग्छ, कसलाई लाग्छ र यसको उपचार पद्धती के हो भन्ने विषयमा सहभागीहरुको प्रश्नोउत्तरमा जवाफ दिएका थिए ।


कार्यक्रममा वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति भाईराम खड्गीले काठमाडौं महानगरपालिका अन्तर्गत रहेको सामुदायिक शहरी स्वास्थ्य क्लिनिकबाट आगामी दिनमा स्थानीय वडावासीहरुलाई उपचार सेवा दिन सक्ने जानकारी दिदै अभियानको सफलताको शुभकामना दिएका थिए ।


त्यसैगरी सामुदायिक सेवा केन्द्र बागबजारका अध्यक्ष विपेन्द्र खड्गीले गरिब, असायहरुलाई क्यान्सर लागेको खण्डमा उपचार सहयोग कसरी गर्न सकिन्छ भन्ने बारे सर्वसाधरणलाई सही जानकारी दिई सहयोग गर्नुपर्ने बताए । 


अन्त्ररकिया कार्यक्रममा सञ्चारकर्मी सुर्य चन्दले पनि अभियानको सफलताको लागि सञ्चारमाध्यमबाट पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

 
सो अभियानालाई सहयोग गर्न महानगरखवरडटकम, देशप्रदेश मिडिया, मिडिया पार्टनर, अनलाईन मार्ग डट.कम, यु.एस, खवर डटकम, इसिन्यूज.कम, अनलाईन सुचनापाटी.कम, देउराली न्युज डटकम रहेका छन् । 


त्यसैगरी रेडियो बाल्मिकी ५९.५ मेगाहर्ज (चितवन), मिलन मासिक पत्रिका, नेवाः राज्य साप्ताहिक रहेका छन । 


सामुदायिक – साझेदारी प्रहरी वागजार २८ का इन्चार्ज प्रहरी हवल्दार हर्कराज जोशीका अनुसार समुदायसँग मिलेर जनहितका कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य अनुरुप सरकारले यो अभियान सञ्चालन गरेको हो । 


सो कार्यक्रममा वागजार युवा समुहका अध्यक्ष सुरेन्द्र खड्गी, सामुदायिक सेवा केन्द्रका महासचिव कमरुद्धिन मियाँ लगायतका उपस्थिती रहेको थियो । 


कार्यक्रम आयोजक संस्था सामुदायिक शहरी स्वास्थ्य क्लिनिकका ऋषीराम पोख्रेले संचालन गरेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika