काठमाडौं । बागदरवारको को छाना मर्मतमा काठमाडौं महानगरपालिकाले अवरोध पुराएको भन्ने अरोपको प्रवक्ता ईश्वरमान डंगोलले खण्डन गरेको छ ।
छाना मर्मत गरिरहेको राज कन्ट्रक्सनले महानगरका कर्मचारीले अवरोध गरेको भन्ने आरोपसहितको पत्र पुरातत्व विभागलाई पत्रचार गरेपछि यो तथ्य बाहिर प्रवक्ता डंगोलले यस आरोपलाई अस्विकार गरेको छ ।
उनले अदालतले आदेश गरेको कार्यमा महानगरको अवरोध हुनै सक्दैन भनेर सो कुराको खण्डन गरेको छ ।
विनाशकारी भूकम्पले क्षति पुगेको बागदरबारको छाना मर्मतको लागि विभागले गत वैशाख १६ गते राज कन्ट्रक्सनलाई निर्देशन दिएको थियो ।
विभागलाई पठाइएको पत्रअनुसार महानगरले मर्मतमा खटिएका कर्मचारीमाथि अभद्र व्यवहार समेत गरेको कन्ट्रक्शनको अरोप छ ।
सर्वोच्च अदालतले २०७५ चैत ५ गते भूकम्पले क्षति पुगेको बागदरबारलाई आवश्यकता अनुसार हावापानीबाट जोगाई थप क्षति हुन नदिने गरी संरक्षण गर्न आदेश दिएको थियो ।
यस अघि काठमाडौं महानगरले बागदरवार भत्काउने भत्काउने निर्णय गरेर भत्काउन ठेक्का समेत लगाइसकेको थियो तर अदालतको आदेशपछि महानगरपछि हटेको थियो ।
Categorized in समाज