३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बाख्राको मासु खाँदा १५ जना विरामी 


प्रकाशित: आईतबार, २२ बैशाख २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । डोटी जिल्लाको आर्दश गाउँपालिका स्थानीयवासीले वाख्राको मासु खाँदा १५ जना विरामी भएका छन । 


आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासी विरामी भएको सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले बताएका छन । 


शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीयवासी एकाएक बिरामी परेका हुन् ।


बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ लाई दिपायलको पिपल्लास्थित शैलेश्वरी अस्पतलामा उपचारका लागि ल्याइएको छ भने बाँकी तीन जनाको स्थानीय मौवा स्वास्थ्यचौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले बताए । 


इलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारीअनुसार बाख्राको मासु खाएर गम्भीर बिरामी परेकामा आर्दश गाउँपालिका–१ भेलगडाकी नौ वर्षीया सरस्वती खड्का, सोही वडाका २९ वर्षीय प्रेम खड्का, ३८ वर्षीय पदम खड्का, २६ वर्षीय नारायण खड्का, १३ वर्षीया पार्वती खड्का, ११ वर्षीया कल्पना खड्का, २७ वर्षीया इस्सरादेवी खड्का, तीन वर्षीया उर्मिला खड्का रहेका छन् ।


त्यसैगरी अन्य बिरामी हुनेमा आर्दश गाउँपालिका–१ भेलगडाकी दुई वर्षीया एलिसा खड्का, सोही वडाका आठ वर्षीय रोशन खड्का, ४० वर्षीया शान्तिदेवी खड्का, सात वर्षीय रोहन खड्का रहेका छन् भने अन्य तीन ३२ वर्षीया मानी खड्का, १३ वर्षीय नारद खड्का र १२ वर्षीया अनिशा खड्काको गाउँमै उपचार भइरहेको छ । स्थानीयवासीका अनुसार बिरामी परेकाले शनिबार गाउँमा बाख्रा काटी काँचो मासु खाएका कारण बिरामी परेका हुन् ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex