७ बैशाख २०८१, शुक्रबार
Header

बाईकको टयांकीमा लुकाई ल्याएको अबैध भारतीय ८ लाख सहित एक पक्राउ


प्रकाशित: आईतबार, २४ असार २०७५, २१ः४७ बजे
- महानगरखबर

काठमाडौं ।  प्रहरीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा एक भारतीय बाईकको तेल टयांकीबट अबैध भारतीय रुपैयाँ ८ लाख १ हजार २ सयसहित शनिबार पक्राउ गरेको छ ।


रक्सौलबाट बीरगंजतर्फ सर्राफले चलाई ल्याएको बिआर ०५ के ६४४४ नम्वरको पल्सर मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलको तेल ट्याङकीको आधा भागमा पेट्रोल र अर्काे भागमा अबैध भारतीय रुपैयाँ ५ सय दरको १ हजार ४ सय ३८ थान, २ हजार दरको ११ थान, २ सय दरको ३ सय १ थान लुकाई छिपाई राखेको अवस्थामा फेला परेको थियो ।

 
प्रहरीले भारत बिहार मोतिहारी सुगौलीका २८ वर्षीय अभिजित कुमार सर्राफलाई पक्राउ गरेको हो ।

 
सर्राफलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन  ललितपुरमा ल्याईएको प्रहरीले जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD