काठमाडौं । सुचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाको सुधार अभियानलाई अघि बढ्न नदिन केही शक्तिहरु लागेको छ । टेलिकम क्षेत्रमा देखिएको भ्रष्टाचारजन्य विकृतीविरुद्ध राज्यमन्त्री बाँस्कोटा कडा रुपमा उत्रिएपछि उनलाईनै पदबाट हटाउने धम्की आउन थालेको स्रोतको भनाई छ ।
टेलिकममा बिचौलियाहरुको साँठगाँठ ठूला शक्तिकेन्द्रहरुसँग हुने भएकोले राज्यमन्त्री बास्कोटामाथि यतिखेर पर्न थालेको छ । टेलिकम क्षेत्रमा ठुला व्यापारिक घरानाहरुको समेत लगानी भएकोले पनि शक्तिकेन्द्रहरु व्यापारीलाई फाईदा गर्न जुनसुकै हदसम्म जान पनि पछि पर्दैन ।
राज्यमन्त्री बास्कोटाले नेपाल टेलिभिजनको ६ करोड असुल गरेलगत्तै टेलिकम र प्राधिकरण सुधार अभियानलाई तिव्रताकासाथ बढाएका थिए ।
यसैबिच राज्यमन्त्री बाँस्कोटाले आफ्नो सुधार अभियानमा शक्तिकेन्द्रहरुको विभिन्न दवाव आउन थालेपछि प्रधानमन्त्री ओलीलाई सो जानकारी गराएका छन् ।
Categorized in राष्ट्रिय