२२ बैशाख २०८१, शनिबार
Header

बाँसुरी खलः धें धें बल्ला कासामा भाग लिन महानगरको आव्हान (नियमसहित) 


प्रकाशित: बुुधवार, १३ मंसिर २०८०, १०ः०० बजे
- रचना शाही खड्गी

काठमाडौं । २९ औं महानगर दिवसको अवसरमा काठमाडौं महानगरको आयोजनामा हुन गईरहेको बाँसुरी खलः धें धें बल्ला कासा– ११४४ प्रतियोगितमा भाग लिन आव्हान गरिएको छ ।


महानगरको सम्पदा तथा पर्यटन विभागले एक सुचना जारी गरी मंसिर २० गते भित्र महानगरको ३२ वटै वडाका त्वाः, गुथि, खल, पुुचःहरुलाई प्रतियोगितमा सहभागी हुन भनिएको छ ।


उक्त मिति भित्र विभागले उपलव्ध गराएको दुतिना फारम भरी बुुझाउन जानकारी गरिएको हो । 


यस प्रतियोगिता मंसिर २७ गते राष्ट्रिय सभागृहमा हुने विभागले जनाएको छ । प्रतियोगितमा भाग लिन विभिन्न मापदण्डहरु रहेका छन ।


सहभागी हुनेहरु खलः÷पुचमा १२ जना सहभागी हुनुु पर्नेछ, पुुचःहरु सम्बन्धीत वडा कार्यालयहरुका दर्ता हुनु पर्ने, सहभागीहरुको जन्मदर्ता/नागरिककताको प्रतिलिपी, फोटो पेश गर्नुु पर्ने, पुचः÷खलहरुको प्यान नम्बर, दर्ता प्रमाणपत्ररु पेश गर्नु पर्ने लगायतका नियमहरु छन ।


यस प्रतियोगितमा पहिलो बिजेतालाई एक लाख ५० हजार नगद र प्रमाणपत्र, दोस्रो हुनेलाई एक लाख र तेस्रो हुनेलाई ५० हजार तथा सहभागी भएका अन्य पुुचःहरुलाई १० हजार प्रोत्साहन स्वरुप प्रदान गरिने विभागले जनाएको छ ।


काठमाडौं महानगरले यही मंसिर २९ गते विभिन्न कार्यक्रमसहित २९ औं महनगर दिवस भव्य रुपमा मनाउने भएको छ ।


नियमहरुः 

 


 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD