१५ चैत्र २०८०, बिहिबार
Header

बाँसबारीमा पर्यावरण पार्क बन्दै


प्रकाशित: शनिवार, १० साउन २०७७, १७ः३० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्यले वडा–३ को बाँसबासीमा ईको पार्क (पर्यावरण)को शिलान्यास गरेका छन । 


शनिवार पार्क शिलान्यास गर्ने क्रममा प्रमुख शाक्यले बजेट अभाव हुन नदिने भन्दै पार्क निर्माणको काम समयमै सम्पन्न गर्न आग्रह गरेका छन । 


जनप्रतिनिधिले परिक्षा दिइरहेको भन्दै परिक्षाको मूल्याङ्कन गर्ने जिम्मेवारी महानगरवासीको भएको प्रमुख शाक्यको भनाई रहेको थियो ।


काठमाडौँ महानगरपालिकाको वडा–३, बुढालिनकण्ठ नगरपालिकाकाको वडा–७ र टोखा नगरपालिकाको वडा–४ को संगमा रहेको उक्त स्थानमा करीब २ करोड ५० लाखको लागतमा पार्क निर्माणको प्रक्रिया अघि बढाएको वडाध्यक्ष दिपक केसीले जानकारी दिए । 


वडा अध्यक्ष केसीले महानगरपालिकाले यो बर्षको बजेटमा एक करोड पचास लाख विनियोजन गरेको भन्दै समयमै काम सम्पन्न गर्ने गरी काम अघि बढाएको बताए । 


काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले तयार पारेको डिजाइनमा वातावरण संरक्षण र पर्यावरणलाई विशेष ध्यान दिइएको छ । 


पार्क डिजाइन टिमकी इञ्जिनियर निलिमा थापाका अनुसार पहिलो पटक आफू त्यहाँ पुग्ने वित्तिकै चराहरुको चिरविरचिर आवाज, वातावरण र पर्यावरणले मन आनन्दित भएकोले त्यसै अनुसार डिजाइन पनि त्यसैलाई ध्यानमा राखेर पार्कको नाम नै इको पार्क राखेको वताईन । 


पार्कलाई हरियाली मैत्री बनाउन त्यहाँका रुख बिरुवालाई यथावत राख्दै थप हरियाली बनाउने गरी डिजाइन तयार पारेको परिएको छ । 


डिजाईन अनुसार तीन ओटा प्रवेशद्वार हुने र  मुख्य प्रवेशद्वारमा सानो ठाउँ राखेका छौँ भने क्रियापुत्री भवनलाई केही उचाइमा राखिएको छ ।  


जसले गर्दा पार्क प्रवेश गर्नेहरु सुरुमै उन्मुक्त हुन पाउने छैनन् र क्रियापुत्री भवनमा पनि शान्त वातावरण रहने छ ।


चुनदेवी सहयोगी संस्थाका अध्यक्ष मुकुन्द प्रसाद आचार्यले २२ वर्षको अथक प्रयासपछि सपना पूरा हुने चरणमा रहेको भन्दै खुशी व्यक्त गरे । 


आज भन्दा करीब २२ वर्ष अघि अर्थात २०५५ सालमा नक्शा पास र गुरुयोजना तयार भए पनि अलपत्र अवस्थामा रहेको बाँसबारीको महापुर पाखामा अब इको पार्क निर्माण हुने भएको हो । 


यो पार्क निर्माणपछि यहाँका १ सय ११ परिवार र छिमेकी नगरपालिका सहित २० हजार मानिसले यहाँ पार्कको आनन्द लिनसक्ने छन ।


यो पार्कमा झरनाको आनन्द लिन सकिने छ भने योगा स्थल र पुस्तक पढ्न मिल्ने स्थान पनि रहने छ । पार्कको डिजाइनमा ढुंगेधारा र मन्दिर पनि रहने छ । बालबालिकाहरुलाई खेल्न मिल्ने उधान समेत यहाँ रहने छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD