४ भाद्र २०८३, बिहिबार
Header

बाँकेमा छुरा प्रहारबाट एकको मृत्यु


प्रकाशित: शनिवार, २४ कात्तिक २०७५, १६ः१० बजे
- महानगरखबर

काठमाडौं । मादक पदार्थ सेवनका क्रममा होटल सञ्चालकसँग विवाद हुँदा राप्तीसोनारी गाउँपालिका–१ गाभरस्थित थकाली होटल भोजनालयमा भएको झडपका क्रममा छुरा प्रहारबाट सोही गाउँका २७ वर्षीय हरिबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 


इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार बुढामगरको छातीमा छुरा प्रहार गरिएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते बुढामगरको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 


झडपका बेला होटल सञ्चालक चन्द्रकिरण शाह पक्षले बुढामगरमाथि छुरा प्रहार गरेको प्रहरीले बताएको छ ।


छुरा प्रहार गरेको आरोपमा होटल सञ्चालक शाह र गणेश शाहलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक बिसीले जानकारी दिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex