१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बहुप्रतिक्षित बार्ताका लागि किम र ट्रम्प सिंगापुर पुगे


प्रकाशित: आईतबार, २७ जेठ २०७५, २१ः२५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । बहुप्रतिक्षित बार्ताको लागि उत्तर कोरियाली नेता नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर पुगेका छन ।

 
क्यानडामा भएको जी–७ बैठकबाट सिधै अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिधै सिंगापुर ओर्लेका हुन ।


उत्तर कोरियाली नेता किम सिंगापुर पुगेको केही घण्टापछि त्यहाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


उत्तर कोरियाली टोलीमा वरिष्ठ सहयोगी र सुरक्षा गार्डहरू रहेका छन्  उत्तर कोरियाली टोली सेन्ट रेगिस होटलमा बसेको रोयटर्सले जनाएको छ । किमले सिंगापुरका प्रधानमन्त्री लि सियेन लुंगसँग भेटवार्ता गरेका थिए । 


बार्ता मंगलबारको लागि तय गरेका छन तर बार्ता लिले ट्रम्पसँग पनि भेट गर्ने जनाइएको छ । बीबीसीले उक्त वार्ताका लागि २० मिलियन सिंगापुर डलर ९करिब १ सय ६० करोड रुपैयाँ खर्च गर्ने जनाएको छ । 


ट्रम्प र किमबीच मंगलबार सिंगापुरको सेन्तोसा टापुस्थित क्यापिला होटलमा शिखर बैठक हुने भएको छ । 

बीवीसी

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex