८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बहुप्रतिक्षित ग्वार्को ओभरपासको उद्घाटन


प्रकाशित: शुक्रवार, ६ असार २०८२, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरस्थित ग्वार्को चोकमा निर्माण भएको ओभरपासको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेका छन । 


उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित भएर प्रधानमन्त्री ओलीले ओभरपासको उद्घाटन गरे।


ग्वार्को चोकमा ट्राफिक जामको समस्या बढिरहेका कारण यो परियोजना अत्यन्तै महत्त्वपूर्ण बन्यो। अहिले, निर्माण सम्पन्न भएपछि, यस क्षेत्रका यात्रुहरूलाई ट्राफिक जामबाट मुक्ति मिल्नेछ।


उक्त ओभरपासको शिलापत्र अनावरण प्रधानमन्त्री ओलीले गरेका थिए भने, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेका थिए ।

 


यो ओभरपास निर्माणको कार्य भने लामो समयसम्म ढिला भएको हो । शुरुमा २०७८ सालको फागुनमा ठेक्का सम्झौतामा परेपछि काम अघि बढेको थियो। 


प्रारम्भिक म्याद अनुसार २०८० सालको फागुन ११ गतेमा काम सम्पन्न हुने योजना थियो, तर विभिन्न कारणले समय सीमा बिस्तारै म्याद थप भएको थियो। 


अन्ततः निर्माण कार्यलाई २०८१ सालको पुस ८ गतेसम्म पुरा गर्न ठेकेदार कम्पनीसँग सहमति भएको थियो, र अब उक्त ओभरपास कार्य सम्पन्न भएको छ। 


निर्माण प्रक्रिया समयमा सम्पन्न नगरेको भन्दै ठेकेदार कम्पनीलाई एक करोड ४७ लाख हर्जना तिरिएको जानकारी परियोजना प्रमुख प्रदीप भण्डारीले दिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex