१५ बैशाख २०८१, शनिबार
Header

बहाल मात्र आयस्रोत हुने काठमाडौका घरधनी समस्यामाः उपप्रमुख खड्गी


प्रकाशित: शुक्रवार, २८ चैत्र २०७६, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले काठमाडौमा घर भएका तर बहाल उठाएर मात्र जीवन चलाउनेहरु समस्या परेको बताएकी छिन । 


महानगरपालिकाको बुधवार वसेको ४४औं कार्यपालिका बैठकमा उपप्रमुख खड्गीले भने, ‘बहाल उठाएर जीवन चलाउनेहरु पनि समस्यामा पर्न थालेका छन । बहाल दिनेले दिन नसकेपछि उनीहरुको खाने बाटो नै छुटेको छ । हामीले यतातिर पनि ध्यान पु¥याउनु पर्छ ।’


आगामी दिनमा अहिले प्राप्त तथ्यांकलाई अध्ययन गरेर नयाँ तर्जुमा गर्नुपर्ने उपप्रमुख खड्गी बैठकमा बताईन । 


त्यसैगरी बैठकमा सहभागी कार्यपालिका सदस्यहरुले पनि घर बहाल नआउने भएपछि घर बहालमा लगाएर जीवन चलाउने पनि अवस्था बिग्रिँदै गएको जानकारी दिएका थिए । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD