काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा बहाल कर बुझाउन ९० दिनको समय दिएको छ ।
विहिवार महानगरले एक सुचना जारी गरी घर बहाल व्यवस्था निर्देशिका २०७९ को दफा ९ बमोजिम यो सुचना प्रकशित भएको मितिले ९० दिन भित्र घर जग्गा बहाल कर दाताले आफ्नो वडा कार्यलयमा बहाल लिने र दिने बिचको सम्झौता सहित बहाल कर रकम बुझाउन अनुरोध गरेको छ ।
सो दफामा भनिएको छ,‘ यो निर्देशिका प्रारम्भ हुनु अगावै घर बहालमा दिएका व्यक्तिहरुले यो निर्देशिका जारी भएको मितिले ९० दिनभित्र यस निर्देशिका बमोजिम महानगरपालिकाले तोकेको ढाँचामा घर बहालसम्बन्धी विवरण सम्बन्धीत वडा कार्यलयमा अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।’

Categorized in स्थानिय