४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बस दुर्घट्नमा ३१ घाईते


प्रकाशित: आईतबार, २९ पुष २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । एक यात्रुबाहक बस धादिङको बेनी घाटरोङ गाउपालिकाँमा दुर्घट्ना हुँदा ३१ जना घाईते भएको प्रहरीले जनाएको छ । 


काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । 


सो गाउँपालिकाको हुग्दीपुल नजिकै आईतबार बिहान दुर्घटना भएको हो ।

 
घाइतेको बजारवासी प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 


घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ । 


प्रहरीका अनुसार गाडीमा ४१ जना सवार रहेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex