काठमाडौं । काठमाडौंको बालाजुमा बसको ठक्करदिँदा २ जना पैदल यात्रुको मृत्यु भएको छ ।
आज बिहान करिब ६ बजे बालाजुको गंगा हलअगाडि मिनीबसले पैदल यात्रीलाई ठक्कर उनीहरुको उपचारको क्रममा महाराजगंजस्थित शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दिँदा गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
महानगरीय ट्राफिक महाशाखाका एसपी संजिव शर्माका अनुसार मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५०–५५ वर्षीया महिला रहेको छ ।
बसको पहिचान हुन नसकेको यद्यपी दुई तीन वटा शंकास्पद बसलाई नियन्त्रणमा लिएर प्रहरीले छानबिन सुरू गरेको बताएको छ ।
Categorized in समाज