५ भाद्र २०८३, शुक्रबार
Header

बसमा औषधी सुघाँई लुटपाट गर्न खोज्ने पक्राउ


प्रकाशित: आईतबार, २ मंसिर २०७५, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको चावहिलस्थित चक्रपथ चल्ने एक बसमा सवार एक व्यक्तिलाई औषधी सुघाँई बेहोस बनाई लुटपाट गर्न खोज्नेलाई प्रहरीले आईतबार पक्राउ गरेको छ । 


प्रहरीले सो अभियोगमा अभियोगमा काठमाडौं मुलपानी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–५ का ४५ वर्षीय कारसाङ्ग तामाङलाई पक्राउ गरको हो । 


उनले गाडीमा सवार बालाजु डेरा गरी बस्ने महोत्तरीका ३५ वर्षीय गणेश महतोलाई औषधि सुघाई लुटपाट गर्न खोजेको अवस्थामा प्रहरीले फेलापारी पक्राउ गरेको हो । उक्त घटनामा संलग्न अन्य ३ जना फरार भएकाले खोजी भईरहेको छ ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex