२२ बैशाख २०८१, शनिबार
Header

बसन्तपुर डबलीको इनारमा चारैतिर गमला राखियो, इनारमा बस्न नपाईने


प्रकाशित: सोमवार, १८ मंसिर २०८०, १३ः४० बजे
- महानगरखवर

काठमाडौं । बसन्तपुर डबलीमा रहेको ऐतिहासिक महत्वको इनारको चारै तिर गमला राखिएको छ । ]


सोमवार विहान हनुमानढोकाको दरवारका गुल्मपति मेजर पुुर्ण प्रजापतिको नेतृत्वमा शार्दुुलजंग गुल्मले इनारलाई सुरक्षित राख्न हाललाई गमला राखेको छ ।


हनुमानढोका दरवार संरक्षण कार्यक्रमको रेखदेख भएपनि इनारलाई संरक्षण नगर्दा इनमारमाथि मान्छेहरु बस्ने, चियाँ खाने, नाँचगान गर्ने लगायतका कार्यहरु भइरहेको पाइन्छ ।

 

 


एक गीतको सुटिङको क्रममा इनारमाथि चढेर नृत्य गरेको भिडियो सार्वजनिक भएपछि स्थानीय तथा अभियान्ताहरुले फेसबुुकमा यसको चर्को विरोध गरेका छन । 


यस विषयमा हनुमानढोका दरवार संरक्षण कार्यक्रम प्रमुख चन्द्रगोपाल प्रधानलाई सम्पर्क गर्न खोज्दा फोन उठेन । 


पौराणिक तथा ऐतिहासिक महत्व रहेको यस इनारमा जिवित देवी कुमारीलाई स्नान गराउन प्रयोग गरिने गरेको भनाई रहेको छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD