२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बसन्तपुरमा ‘चिर’ ठडाएसँगै फागु पर्व सुरु (फोटो फिचर)


प्रकाशित: विहिवार, ३० फागुन २०७५, १८ः३० बजे
- महानगरखबर

काठमाडौँ । बसन्तपुरमा चिर ठडाएसँगै फागु पर्व विहिवारबाट सुरु भएको छ । 


उपत्यकामा महत्वपूर्ण पर्वका रुपमा लिइएको फागु पर्व प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन शुभ साइत हेरी विधिवत्रुपमा मयलको रूखलाई रङ्गीबिरङ्गी ध्वजा पताकाले सजाएर ‘चिर’ उठाएपछि फागु पर्व शुरुआत भएको मानिन्छ । 


फागु पूर्णिमासम्म मनाईने यस पर्व पूर्णिमाको राति चिर ढालेर त्यसलाई टुँडिखेल पु¥याएर दहन गरिने परम्परा छ । 


फागु पर्व मनाईने विभिन्न किंवदन्ती अनुसार असत्य शक्तिमाथि सत्यको विजयको सन्देश दिनका लागि यो पर्व मनाईने छ । 


किंवदन्ती अनुसार हिरण्यकश्यपुका पुत्र प्रल्हाद विष्णुको भक्त थिए तर उनकै कारण असत्य शक्तिलाई अवरोध पुगेपछि उनको फुपू होलिकाले प्रल्हादलाई लिएर आगोमा हाम फाल्दा होलिका दहन भई प्रल्हादलाई केही नभएको कथा पाइन्छ । 


फागु पूर्णिमाको भोलिपल्ट तराई क्षेत्रमा होली मनाइन्छ । 

 

 

 

फोटो

फिचरः

तस्वीर सबै रमेश शाक्य

asteriskhubs
Home Page Bottom Second


maharjan complex