१८ बैशाख २०८१, मंगलबार
Header

बसन्तपुरमा ‘क्याफे कफी डे’ को आउटलेट खुल्यो


प्रकाशित: सोमबार ३१ बैशाख २०७५, २१ः१५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । काठमाडौको सम्पदा क्षेत्र बसन्तपुरमा भारतीय कफी ब्राण्ड ’क्याफे कफी डे’ ले नयाँ आउटलेट संचालनमा ल्याएको छ ।

 
कम्पनीले एक प्रेस विज्ञप्ती मार्फत नयाँ आउटलेटमा कफीका विभीन्न भेराइटीका साथै फाष्टफुड पनि उपलब्ध रहेको जानकारी गराएको छ । यस अघि स्ताभ्या इन्टरनेशनलले ‘क्याफे कफी डे’ को पहिलो आउटलेट ललितपुरको कुमारीपाटीमा खोलेको थियो ।

 
बसन्तपुरमा संचालनमा ल्याईएको आउटलेटमा विश्वबैंकका नेपाल प्रतिनिधि रशिद रियानबाट उद्घाटन गरिएको जारी बिज्ञप्तीमा उल्लेख छ ।


त्यसैगरी कम्पनीले उपत्यकाभित्र दरबारमार्ग र बानेश्वरमा थप आउटलेट खोल्ने तयारीमा छ भने उपत्यका बाहिर पोखरा, चितवन, बुटवल, धरान, विराटनगर लगायतका जिल्लामा पनि संचालन गर्ने कम्पनीको योजना रहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD