काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधवार काठमाडौंको बसन्तपुरमा २७ औं महानगर दिवस मनाउँदै छ ।
आज विहान ११ बजेबाट सुरु हुने दिवश विभिन्न कार्यक्रमका साथ मनाईने महानगरपालिकाले जनाएको छ । यस अवसरमा महाविधमहानगरले जेष्ठ नागरिकलाई बसन्तपुरमा निःशुल्क निमोनिया खोप दिने भएको छ ।
परम्परा गतबाजा गुरुहरु र इन्द्रजात्राका अवसरमा निकालिने पुलिकीसि, दीप्याख, लाखे, आकाश भैरव र श्री करुणामय पँय्ताः बाजाका गुरुलाईलाई रु ३० हजार नगदसहित सम्मान पत्र प्रदान गरिने छ ।
सो अवसरमा पाँच वटा वडालाई उत्कृष्ट वडाको रुपमा घोषणा गर्ने र सम्मान गरिने, उत्कृष्ट दुई जना जनप्रतिनिधि र दुई जना कर्मचारीलाई ‘जनकमान श्रेष्ठ सुशासन पुरस्कार’ प्रदान गरिने छ भने ५ जना जनप्रतिनिधि र पाँच जना कर्मचारीलाई एक लाख राशीको ‘स्थानीय सेवा गौरब पदकबाट सम्मान गरिने कार्यक्रम रहेको छ ।
त्यसैगरी करास सेवामा कार्यरत ५ जना कर्मचारीलाई पनि २५ हजार नगदसहित सम्मान गरिने भएको छ । कार्यक्रममा नियमित करदाता तथा सबैभन्दा बढि कर तिर्ने करदातालाई सम्मान गरिने छ ।
पत्रकारिताको माध्यमबाट महानगरपालिकाको गतिविधिलाई नियमित रुपमा प्रकाशन तथा प्रशारन गर्ने १० जना पत्रकारहरुलाई पनि नगदसहित सम्मान गरिने छ ।
Categorized in स्थानिय