३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बसन्तपुरमा सांसद राजेन्द्र श्रेष्ठको भव्य सम्मान


प्रकाशित: आईतबार, ३ चैत्र २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौँ । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठलाई नेपाल भाषाको १५ वाटा संघ, संस्थाहरुले बसन्तपुरमा एक कार्यक्रम गरी भव्य रुपमा सम्मान गरेका छन । 


पहिचान र सङ्घीयताको आन्दोलनका साथै मातृभाषामा शिक्षाको अभियानमा पुर्याएको योगदानको कदर गर्दै सांसद श्रेष्ठलाई सम्मान गरिएको हो । 


श्रेष्ठले लामो समयदेखि भाषिक अधिकारका लागि चलिरहेको आन्दोलनको मागलाई देशको सङ्घीय संसदमा राख्न सफल भएका छन ।  


मातृभाषामा शिक्षाका लागि सम्बन्धित समुदायले नै स्कूल खोल्नुपर्ने गरी ल्याएको सरकारी विधेयकको विरोध गर्दै सङ्घीय गणतन्त्रमा मातृभाषामा शिक्षादिने जिम्मेवारी सरकारले नै लिनुपर्ने गरी संशोधन प्रस्ताव दर्ता गर्नुका साथै त्यसलाई पारित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो ।


नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले सङ्घीय व्यवस्थामा वहुभाषिक नीति कार्यान्वयन गर्नु पर्नेमा स्थानीय तहको अधिकार क्षेत्रमा रहेको माध्यमिक तहमा समेत मातृभाषाबाट शिक्षा दिनुका सट्टा संस्कृतलाई शिक्षाको अलग विधा भन्दै प्राथमिकता दिएकोमा संशोधन प्रस्ताव राखी स्थानीय तहमा बाहुल्यतामा रहेको भाषामा शिक्षा दिलाउने गरी विधेयक संशोधन गर्न विशेष भुमिका खेलेका थिए । त्यसरी नै भविष्यमा मुआब्जा दिए पनि हुने गरी सडक विस्तारको नाममा गैरन्यायिक ढङ्गले जनतालाई उठीबास गर्न पाउने गरी आएको आवास सम्बन्धी विधेयकलाई पीडितको पक्षमा संशोधनसहित पारित गराउन पनि उनले भुमिका खेलेका थिए । 


उक्त कार्यक्रममा प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठले सांसद श्रेष्ठलाई सम्मान पत्र प्रदान गर्नुका साथै उनले उत्पीडित समुदायको मुक्तिका लागि खेलेको उत्कृष्ट योगदानको प्रशंसा गरे । 


जनकवी श्रेष्ठले भने, ‘राजेन्द्र श्रेष्ठ निस्वार्थ रूपमा र निडरका साथ सबै उत्पीडितहरूको आवाज संसदमा घन्काउन सक्ने नेताको रूपमा देखापरेकाले उनी सम्मानयोग्य भएको छ ।’ 


श्रेष्ठले मातृभाषामा शिक्षाका लागि युगौंदेखि चलिरहेको आन्दोलनलाई सार्थक बनाउन संसदमा कानुन निर्माणका लागि जुन ऐतिहासिक भूमिका निर्वाह गर्यो त्यसलाई जनताले युगयुग सम्म सम्झने छ भन्दै जनकवि श्रेष्ठले अरु सांसदहरूलाई पनि राजेन्द्र श्रेष्ठबाट सिक्न अनुरोध गरे ।


सो कार्यक्रममा सांसद श्रेष्ठले आफुले कुनै ठूलो काम गरेको नभई पहिचान सहितको सङ्घीयताका अभियन्ता तथा नेपालभाषा आन्दोलनको कार्यकर्ता भएको नाताले आफ्नो कर्तब्य मात्र पूरा गरेको बताए । 


उनले सङ्घीय व्यवस्थामा एकात्मक राज्य हुँदा जस्तो सबै तहको शिक्षा केन्द्रको क्षेत्राधिकारमा नभई प्रदेश विश्वविद्यालय र उच्च शिक्षा प्रदेशको क्षेत्रासधकारभित्र र १२ कक्षा सम्मको माध्यमिक शिक्षा स्थानीय तहको क्षेत्राधिकारभित्र रहेको बताउँदै उनले अहिले १२ कक्षा सम्म स्थानीय तहले नै मातृभाषामा शिक्षा दिने स्कूल खोल्न पाउने गरी सङ्घीय कानुन बनिसकेको बताए । 


सांसद श्रेष्ठलाई पहिचानका मुद्दा र संघीय नामाकारणमा पहिचानको आन्दोलन गर्नेहरुबाट धोका भई रहेको सन्दर्भमा सतर्क रहन आग्रह समेत गरे । 


संयुक्त सम्मान कार्यक्रमका संयोजक श्रीकृष्ण मानन्धरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेवाः अगुवा तथा राजनीतिक अभियानका संरक्षक डा. महेशमान श्रेष्ठ, नेपालभाषा मिसा खलःका अध्यक्ष मंगला कारंजीत, नेपालभाषा मंका खलः ललितपुरका अध्यक्ष ऋपि प्रसाद श्रेष्ठ लगायतया वक्ताहरूले पनि संसदमा सांसद श्रेष्ठको भूमिकाको प्रशंसा गरे । 


कार्यक्रम अभियानका सचिव विद्या चित्रकारले सञ्चालन गरेका थिए भने स्वागत शिक्षा गुथिका अध्यक्ष विष्णु चित्रकारले गरेका थिए ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex