२२ बैशाख २०८१, शनिबार
Header

बसन्तपुरमा सवारी साधनलाई प्रवेश निषेध


प्रकाशित: विहिवार, १४ असार २०८०, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुरमा सवारी साधनहरुलाई प्रवेश निषेध गरिएको छ ।


सम्पदा क्षेत्रमा कुनै पनि किसिमको सवारी साधान चाहे भिआईपीको नाममा होस वा भिभिआईपी सबै किसिमको सवारी प्रवेशमा रोक लगाएको हो । 


काठमाडौं महानगरपालिकाको सम्पदा सल्लाहाकारमा नियुक्त भएका तथा सम्पदा अभियान्ता यादवलाल कायस्थका अनुसार काठमाडौं महानगरपालिकाले बसन्तपुर र हनुमानढोका सम्पदा क्षेत्रमा कुनै पनि सावारी साधान निषेध गरेको छ । 


हनुमानढोकामा रहेका पुरातत्व हेरचाह अड्डा, नेपाल प्रहरी, नेपाली सेना र अन्य सरोकारवाला निकायको सवारीसाधनको प्रवेशमा पनि रोक लगाइने उनले बताए ।  


विश्व सम्पदा सबैका लागि, विश्व सम्पदा सधैंका लागि भन्ने नारासहित आफूहरू अगाडि बढेको कायस्थको भनाई छ । 


बसन्तपुर प्रवेश गर्न खोजेको भिआईपी गाडीहरु रोकेको भिडियोमा पनि कायस्थले नियम कानुन सबैको लागि भन्दै सम्पदा क्षेत्रमा सावरी प्रवेश निषेधलाई कडाईका साथ लागु गर्ने बताएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD