काठमाडौं । विश्वभरका नेवाः समुदायको एकिकृत संगठन हलिं नेवाः दबू नेपाल च्याप्टरले चौथो विश्व नेवाः दिवस मनाउने भएको छ ।
मंगलवार राजधानीमा पत्रकार सम्मेलन गरी चैत्र १४ गते शनिवार बसन्तपुर डवलीमा विभिन्न कार्यक्रमका गरी मनाउने जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा हुने दिवसमा नेवाः समाज र नेपालभाषाको विकासको लागि गरेका आठ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिने दबूका प्रचार प्रसार संयोजक नविन जोशीले जानकारी दिए ।

सो अवसरमा अहिलको चर्चित सागरमाथा आरोही पत्रकार कल्पना महर्जनलाई नगदसहित विशेष सम्मान गरिने भएको छ । महर्जनले नेपाल र चीन दुवै मोहडाबाट सगरमाथा आरोहण गरी वल्र्ड बुक अफ गिनिजमा नाम लेखाउन सफल भई नेपाल र नेवाः समाजको इज्जत बढाउन सफल भएकोमा सम्मान गर्न लागेको जोशीले बताए ।
त्यसैगरी लोकप्रिय गायक स्व. रमेश ताम्राकारको सम्झनामा स्थापपित पुरस्कार पहिलोपटक नगदकासाथ प्रदान गरिने भएको छ ।
कार्यक्रममा नेवाः अगुवाहरु मल्ल के.सुन्दर, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र डा. महेशमान श्रेष्ठले नेवाः समुदायको वर्तमान अवस्था, चुनौती र अवसरका बारेमा चर्चा समेत गरिने छ ।

सो अवसरमा नेवाः खाना स्टल, सांस्कृति कार्यक्रम, नेवाः पुर्खाहरुको तस्वीर प्रदर्शन, पुस्तकहरुको स्टललहरु समेत राखिने कर्यक्रम प्रमुख संयोजक सुरेन्द्रभक्त श्रेष्ठले जानकारी दिए ।
सन् २०१८ देखि सञ्चालित विश्व नेवाः दिवश मनाउने कार्यक्रम गत बर्ष स्न २०२० मा कोभिडको कारण जुमबाट बनाउन बाध्य भइएपनि यो बर्ष खुला रुपमा मनाउन पाएकोमा आफूहरु भाग्यमानी भएको शाक्य सुरेनले खुशी व्यक्त गरेका थिए ।
पत्रकार सम्मेलनमा चौथो विश्व नेवार दिवश कार्यक्रमका प्रमुख संयोजक सुरेन्द्र भक्त श्रेष्ठ, नेपाल सचिवालय सदस्य रमेशमान मुनिकार, उदय सिलाकार, नेपाल च्याप्टरको प्रवक्ता तथा सचिव रत्नकाजी महर्जनको विशेष उपस्थिती रहेको थियो ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर
Categorized in सम्पदा/संस्कृति