काठमाडौं । विश्वभरी छरिएर रहेको नेवाःहरुको एकिकृत संगठन विश्व नेवाः संगठन, नेपाल च्याप्टरले काठमाडौंको बसन्तपुरमा चौथो नेवाः दिवस मनाएको छ ।
शनिवार काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख अतिथ्यमा आयोजित दिवशमा विश्वका नेवाः समुदायविच एकताको सन्देश दिँदै सम्पन्न भएको छ ।

सो अवसरमा नेवाः समाज र संस्कृत, सम्पदामाथि योगदान दिएका विभिन्न व्यक्तित्वहरुलाई प्रमुख अतिथी शाक्यले दोसल्ला ओढाई सम्मान प्रदान गरेका थिए ।
सम्मानित हुनेहरुमा विश्व सगरमाथा आरोहण गरी वल्र्ड रेकर्ड अफ गिनिज बुकमा नाम लेखाई नेवाः समाज र नेपालको ईज्जत बढाएकोमा पत्रकार कल्पना महर्जन, नेपाल भाषा तथा संस्कृतिमा योगदान दिएका लक्ष्मीदास मानन्धर,मोतिलाल शिल्पकार, संगीत क्षेत्रमा योग दिएका भृगुराम श्रेष्ठलाई सम्मान गरिएको थियो ।
त्यसैगरी प्रेमशान्ति तुलाधर, कवि भूषणप्रसाद श्रेष्ठ, राजकुमार शाक्य र खेलकुदबाट सब्बारानी महर्जनलाई सम्मान गरिएको थियो भने नेवाः राष्ट्रिय पत्रकार दबुलाई पत्रकारिता क्षेत्रबाट पुराएको योगदानको कदर गरी सम्मान दिएको थियो ।
कार्यक्रममा नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेन, कोषाध्यक्ष तथा समारोह समिति संयोजक सुरेन्द्रभक्त श्रेष्ठ संगठनको महत्व तथा गतिविधिबारे बताएका थिए ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति