४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बसन्तपुरमा लोकतान्त्रिक मेलाको आयोजना हुँदै


प्रकाशित: सोमबार, २५ भाद्र २०७५, ०९ः२५ बजे
- बिजयकृष्ण श्रेष्ठ

काठमाडौं । नेकपाका नेता दीनानाथ शर्माको नेतृत्वमा रहेको अन्तरदलीय सञ्जालले संविधान दिवसको अवसर पारेर असोज ४, ५  र ६ गते वसन्तपुरमा लोकतान्त्रिक मेला लगाउने भएको छ । 


मेलामा नेकपा, नेपाली काँग्रेस, फोरम, राजपा लगायतका दलले लोकतान्त्रिक आन्दोलनका ऐतिहासिक फोटो, दस्तावेज, डकुमेन्टरी आदि प्रदर्शनीमा राखिनेछ । मूल कार्यक्रम हनुमानढोका नासलचोकमा आयोजना हुनेछ । 


यसमा नेताहरूसँग अन्तक्रिया कार्यक्रम रहनेछ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल, सभामुख कृष्णवहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले उपस्थित हुने सहमति जनाइसकेको आयोजकहरूले बताएका छन् । कार्यक्रममा स्थानीयहरूका तर्फबाट सांस्कृतिक झाँकी पनि प्रदर्शन गर्ने भएको बताइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex