काठमाडौं । काठमाडौ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले बसन्तपुरमा योःमरी स्टलको उद्घाटन गरेकी छिन ।
सम्पदा क्षेत्र बसन्तपुरमा पदमसुगन्ध क्लबको अयोजना तथा जागरुक युवा समाज र रंजित चुकःको सह–योजना आयोजित यःमरी स्टलको उद्घाटनसँगै अवलकोन गरिन ।
आज योःमरी (मन पर्ने रोटी) पुन्हीको अवसरमा राजधानीको असन, इन्द्रचोक लगायतको चोकमा योःमरी स्टलहरु राखेर विक्री गर्ने गरेको छ । आजै दिन ज्यापू समुदायले ज्यापू दिवश पनि धुमधामका साथ मनाउने गरेको छ ।
तस्वीरः रमेश शाक्य/महानगरखवर.कम




Categorized in समाज