२५ माघ २०८१, शुक्रबार
Nepal Bank AD

बसन्तपुरमा मनाइयो ज्यापु दिवस, ओलीले खाए यःमरी (भिडियो)


प्रकाशित: आइतवार, ३० मंसिर २०८१, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको बसन्तपुरमा ज्यापु समुदायले भव्य रुपमा २१ औं ज्यापु दिवस मनाएको छ ।


सो अवसरमा दिवसका प्रमुख अतिथी केपी शर्मा ओलीलाई यःमरी सगुुन खान दिएपछि कार्यक्रममा उपस्थित काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई खुवाए र आफूले पनि खाएका थिए । 

 


प्रम ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै ज्यापु दिवसको महत्वबारे चर्चा गर्दै नेवाः समुदायको परम्परमा गर्व गर्नुु पर्ने उल्लेख गरेका थिए । 


कार्यक्रममा ज्यापु समाजका लागि विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरु, पत्रकार सुनिल महर्जन लगायतलाई सम्मान समेत गरिएको थियो । 

 


सो अवसरमा कार्यक्रमकी अतिथी महानगरपालिकाकी उपप्रमुख डंगोलले संस्कृतिको जगेर्ना फुटेर हैन, जुटेर अघि बढ्नु पर्ने बताउँदै दिवसको उपलक्ष्यमा शुुभकामना व्यक्त गरिन । 


ज्यापू संस्कृति विकास कोषको आयोजना तथा श्री नाटेश्वर छुट गुथिको संयोजक्त्वमा विभिन्न सांस्कृति, परम्परागत भेषभुुषामा सजिएर, बाजागाजासहित दिवस मनाइएको हो । 


ज्यापु दिवस वि.स. २०६१ सालदेखि नेवाः समुदायको मौलिक चाडपर्व यःमरी पुुन्हिको दिनमा सांस्कृतिक अभियानको रुपमा मनाइदै आएको छ । 

 

 

 

 

 

 

 

 

 


तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex