२४ बैशाख २०८१, सोमबार
Header

बसन्तपुरमा चीर ठड्यापछि सुरु भयो होली !(फोटो फिचर)


प्रकाशित: सोमवार, १५ फागुन २०७९, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको बसन्तपुरमा चीर ठड्यापछि औपचारिक रुपमा होली सुरु भएको छ ।


सोमवार बिहान ७ः४५ बजेको साइतमा हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ मानन्धर समूहले चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

 


साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।


आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

 


यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा मनाईन्छ । यस दिन सार्वजनिक विदा दिइएको छ ।

 

 

 

 


तस्वीरहरुः रमेश शाक्य/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD