काठमाडौं । नेपाली काग्रेसले सोमवार काठमाडौंको बसन्तपुरमा विरोधसभा आयोजना गरेको छ ।
कांग्रेंसको आज ७७ जिल्लाभरी गरिने विरोधसभा अन्तर्गत काठमाडौंको यो सभा भएको हो । सो सभामा नेपाली काग्रैसका नेता तथा काठमाडौं क्षेत्र नं ६ का सभासद भिमसेनदास प्रधान, कांग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले सम्बोधन गरेका थिए ।
उनीहरुले संसद पुर्नस्थापना गर्नुपर्ने बताउँदै ओली सरकारको असंवैधानिक कदमको चर्को विरोध गरेका थिए । साथै सो सभालाई काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले पनि सम्बोधन गरेका थिए ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवरडटकम






Categorized in राष्ट्रिय