२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बसन्तपुरमा एमालेको नेपाल संवत् ११४४ न्हुँद भिन्तुना ! (तस्वीरहरु)


प्रकाशित: शनिवार, ९ मंसिर २०८०, २१ः१० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटिले नेपाल संवत् ११४४ को अवसरमा न्हुँद भिन्तुना कार्यक्रम सम्पन्न गरेको छ । 


शनिवार बसन्तपुरस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा न्हुँद भिन्तुना कार्यक्रम आयोजना गरिएको थियो । 


सो अवसरमा ओलीले नेपाल संवत् शंखधर शाख्वा, पूर्व एमाले नेता तथा नेपाल भाषा आन्दोलनका अगुवा पदमरत्न तुलाधरको चर्चा गरे । 

 


उनले अहिले लोकतन्त्र, गणतन्त्रको उपलव्धीहरुलाई सखाप पार्न विभिन्न नाममा देशमा षडयन्त्र भईरहेकोले सचेत रहन आग्रह समेत गरेका थिए ।


कार्यक्रममा प्रमुख अतिथी ओलीले नेपाल संवत क्यालेण्डर, विभिन्न कलाकारको चित्रहरुको विमोचन गरेका थिए ।

 

 
सो अवसरमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, एमाले नेतृ अष्टलक्ष्मी शाक्य, काठमाडौं महानगरका पूर्व प्रमुख तथा एमाले केन्द्रीय सदस्य विद्यासुन्दर शाक्य, महानगर कमिटि प्रमुख निर्मलरत्न देउला, नेपाल संवत् राष्ट्रिय न्हूँद समारोह समितिका संयोजक प्रा.डा. नरेशमान बज्राचार्य लगायतको उपस्थिती रहेको थियो । 

 



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex