काठमाडौं । नेकपा प्रचण्ड–माधव समूह निकट आदिवासी जनजाति महासंघले बसन्तपुरमा विरोध सभा गरेको छ ।
मंगलवार दिउँसो संसद विघटनको विरुद्धमा महासंघले रत्नपार्कबाट जुलुसहित बसन्तपुरमा कोणसभा गरेका थिए ।
सभामा महासंघका सुरेश आले मगर, अखिल नेपाल महिला संघका सह–सचिव जयन्ती राई, मुस्लिम संगडनका लुम्बीनी प्रदेशका सचिव अजरत हुसैन, मधेशी राष्ट्रिय मुक्ति मोर्चाका रामकुमार शर्मा लगायतले सम्बोधन गरेका थिए ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवरडटकम




Categorized in समाज