काठमाडौं । बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा कार्यान्वयन घोषणा गरिने भएको छ ।
बैशाख २४ गते सोमवार बसन्तपुरमा प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा घोषणा गरिने कार्यक्रम रहेको बागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचायले जानकारी दिए ।
बुधवार ललितपुरस्थित होटल हिमालयमा आयोजित पत्रकार सम्मेलनमा बज्राचार्यले घोषणा कार्यक्रमबारे जानकारी दिँदै नेपाल र तामाङ भाषाको लागि ठुलो उपलब्धी भएको उल्लेख गरे ।
उनले भाषा विधेयक संघिताको मेरुदण्ड भएकोले यसको कार्यान्वनयमा सबै एकजुट हुनुपर्ने बताए ।
भाषाकै कारण विगतमा आफुले भोगेका विभिन्न किसिमको समस्या, लज्जित हुनु पर्ने अवस्थाबारे पत्रकार सम्मेलनमा उनले विगतका स्मरण पनि सुनाए ।
घोषणा कार्यक्रमको व्यवस्थापन नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबू र तामाङ समुदायको राष्ट्रिय संगठन तामाङ घेदुुङले गर्ने भएको छ ।
विहान ७ बजेदेखि कुमारी परिक्रममा गर्ने स्थानमा नेवाः र तामाङ समुदायको सांस्कृतिक भेषभुुषा र बाजागाजासहितको संयुक्त ¥याली भई ९ बजे बसन्तुरमा भेला हुने कार्यक्रम छ ।

सो अवसरमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, संस्कृति, पर्यटन र सहकारी मन्त्री पुुकार महर्जनले भाषा, संस्कृतिको महत्व र आवश्यक्ताबारे चर्चा गरेका थिए ।
बागमति प्रदेश सरकारले गत असोज २२ गते २०८० मा प्रदेश मुख्यमन्त्री शालिकराम जमरकट्टेलको विशेष पहलमा तत्कालिन संस्कृति, पर्यटन र सहकारी मन्त्री पुुकार महर्जनले ‘ प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ प्रस्तुत गरेको थियो ।
Categorized in सम्पदा/संस्कृति