२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बसन्तपुरको संस्कृति विश्वाविद्यालय महानगरको मातहातमा ल्याउन पहल सुरु


प्रकाशित: विहिवार, २९ भाद्र २०८०, १२ः३० बजे
- अजयकुमार खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाले बसन्तपुरमा जोखिमपूर्ण अवस्था रहेको नेपाल संस्कृति विश्वविद्यालयलाई आफ्नो मातहातमा ल्याउने पहल सुरु गरेको छ । 


विश्वविद्यालय रहेको वडा २३ का अध्यक्ष मचाराजा महर्जनले जीर्ण अवस्थामा रहेको यस विश्वविद्यालयलाई महानगरको मताहातमा ल्याई व्यवस्थान तथा रेखदेख गर्नको लागि पहल भएको जानकारी दिए । 


उनले महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा सो पहल सुरु भएकोले छलफल जारी रहेको बताए । यसैविच उपप्रमुख डंगोल र विश्वविद्यालयको स्वामित्व रहेको त्रिभुवन विश्वविद्यालयका उपकुलुपति धर्मकान्त बाँस्कोटाविच कुराकानी भएको उनले भने । 


‘जग्गाको स्वामित्व टंगो लगाउन महेन्द्र संस्कृति विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयविच छलफल र पत्रचार हुने कुरा भएको छ, काठमाडौं महानगरपालिकाले पनि २०४३ सालमा क्याविनेटको निर्णय के भएको छ भन्ने बुुझ्छ,’ उनले भने,‘भुमिसुधारको डकुमेन्ट हेर्दा टियुुको नाममा छ, पुर्जादेखि लिएर फिल्ड बुक सबै, त्यसैले टियुुसँग हामीले छलफल बढाएका हौ ।’


वि.स. २०७२ सालको भूकम्पबाट क्षति पुुगेको यस विश्वविद्यालय अहिले सम्म टेकोकै भरमा एकदमै जोखिमपूर्ण रुपमा देखिएको वडा अध्यक्ष महर्जनले बताए ।


उनले भने,‘मेरै आफ्नै एरियाभित्र पर्ने, भौतिक जोखिम मात्र भए त समस्या भएन मानवीय जोखिम हुने धेरै संभावना छ, सकेसम्म चाँडै गर्ने पर्छ भन्ने मेरो ०७४ सालको निर्वाचीत अध्यक्ष भएदेखिनै अहिले सम्म नियमित नगरसभा फलाकि रहेको छुु ।’


उनले अबको १०/१२ दिनपछि फेरी पनि सम्बन्धीत निकायसँग छलफल हुने बताए । 


महानगरपालिकाको १३ औ कार्यपालिका बैठकवाट सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्वन्धी कार्यनीति, २०७९ वमोजिम त्रिभुवन विश्व विद्यालय अन्तर्गतको केन्द्रिय विद्यार्थी हित शाखाका नाममा रहेको का.म.पा २३ सिट न २३ को १०२–११०४– १२ कि.न ३४८ क्षेत्रफल ०–४–१–२ अवस्थित रहेको यस विश्वविद्यालयलाई महानगरको मातहातमा ल्याउन खोजिएको हो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex