२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बसन्तपुरको वारुणयन्त्र नजिक र तेलेजु भवनमा रहेका पसलहरु हटाउन महानगरको पत्र


प्रकाशित: आईतवार, १६ फागुन २०७७, २०ः०० बजे 
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बसन्तपुरस्थित काठमाडौं वारुणयन्त्रको उत्तरतर्फको भवन र तलेजु मन्दिरको निकटको भवनमा रहेको पसलहरु हटाउने भएको छ ।


महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले फागुन १४ गते पुरातत्व विभागलाई एक पत्र लेखि ७ दिन भित्र सो क्षेत्रका अनाधिकृत व्यापार व्यवसाहरु हटाउन भनि पत्रचार गरेको छ । 


पत्रमा भनिएको छ‘ तोकिएको मितिमा पसलहरु नहटाए महानगरपालिकाले आफै हटाउने समेतको व्यहोरा उक्त पत्रमा लेखिएको छ ।’


‘स्थानीय सरकार संचालन ऐन, २०७४, काठमाडौं महानगरपालिकाको भवन निर्माण मापदण्ड। २०७५ र प्राचिन स्मारक संरक्षण ऐन, २०१३ समेतका कानुनी व्यवस्था बमोजिम अनाधिकृत व्यापार व्यवसाय प्रयोग हटाउन यस कार्यलयको प्राथमिक योजना भित्र पर्दछ’ पत्रमा उल्लेख छ ।


महानगरपालिका यस किसिमको अनाधिकृत व्यापरिक प्रयोजनहरु हटाउन अभियानमा महानगरपालिका लागेको समेत बताईएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex