१२ बैशाख २०८१, बुधबार
Header

बसन्तपुरको नाम पर्यटकीय गन्तब्यमा छुटेपछि महानगरको आपत्ति


प्रकाशित: मंगलवार, १७ भाद्र २०७६, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । सरकारले सुचिकृत गरेको १०० पर्यटकीय गन्तव्य सुचिमा बसन्तपुरको नाम छुटेको छ । 


काठमाडौं महानगरका प्रवक्त १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले बसन्तपुरको नाम छटाउनु त्रुटी भएको बताएका छन । 


प्रवक्ता डंगोलले यस बिषयमा हामी पर्यटनमन्त्रीलाई ध्यानाकर्षण गराई सुचिकृत गर्न आग्रह गरिने बताएका छन । उनले भने,‘बसन्तपुरको अवलोकनबिना पर्यटकले काठमाडौंको मौलिकता कसरी थाहा पाउँछन र ?’


यो बिषयलाई महानगरको सम्पदा तथा पर्यटन समितिले गम्भीरताका साथ लिएको समितिका संयोजक न्हुच्छेकाजी महर्जनले बताए । 


संयोजक महर्जनले बसन्तपुरबिना काठमाडौंको घुमाइ अधुरो हुने बताउँदै मल्लाकालदेखि शाहकालसम्मका भौतिक सांस्कृतिक संरचना र स्थानीय परम्परागत अमूर्त सम्पदालाई एकै पटक अवलोकन गर्न पाइने तथा जीवित देवी कुमारी भएको बसन्तपुर महानगरको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक भएको बताए । 


सरकारले आर्थिक बर्ष २०७५/०७६ को बजेटमा नेपालमा पर्यटन प्रवर्धन तथा नयाँ गन्तव्य पहिचान एवं बिकासका लागि तयार पारेको सूचीमा महानगरभित्र भएका ४ वटा बिश्व सम्पदा क्षेत्रमध्ये बौद्ध स्तुप, स्वयम्भू स्तुप र पशुपतिनाथ मन्दिरको नाम समावेश छ ।


यसका साथै नारायणहिटी दरबार संग्रहालयलाई पनि गन्तव्य सूचीमा समावेश गरिएको छ ।


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता धनश्याम उपाध्यायले बसन्तपुरको नाम छुटेको स्वीकारेको छ । 


उनले भने,‘ त्यसबेला प्राप्त माग र सूचनाका आधारमा मन्त्रीस्तरीय निर्णयबाट गन्तव्य तय गरिएको हो । पछि थाहा भयो, समावेश हुनु पर्ने गन्तव्य बसन्तपुरको नाम छुटेको रहेछ ।’ 


बसन्तपुरको गन्तव्य सुचिमा सुचिकृत गर्न मन्त्रीस्तरीय बैठकले निर्णय गर्नुपर्ने हुन्छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD