५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

बसन्तपुरको जीर्ण अवस्थामा रहेको संस्कृत विश्वविद्यालय भत्काउन सिफारिस


प्रकाशित: विहिवार, ७ मंसिर २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । बसन्तपुरको दक्षिणतर्फ रहेको भूकम्पले भत्किएर जीर्ण अवस्थामा रहेको संस्कृत विश्वविद्यालय भत्काउन सिफारिस गरिएको छ ।


काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा गठित समितिले महानगर प्रमुख बालेन्द्र साह (बालेन) समक्ष सिफारिस गरेको हो । 


भवन भत्किएर जुनसुकै समयमा जनधनको क्षति हुन सक्ने भएको समितिको निष्कर्षसहित प्राविधिक प्रतिवेदनका आधारमा भत्काउन शिफारिस गरेको हो । 

 


महानगरपालिकाको १३ औँ कार्यपालिका बैठकले उपप्रमुख डंगोलको संयोजकत्वमा वडा नं. ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगत र वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन सदस्य रहेको समिति गठन गरेको थियो । 


सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९ को व्यवस्थाबमोजिम जग्गा तथा भवन महानगरपालिका मातहतमा ल्याउन गठित समितिले त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम रहेको भवन महानगरपालिकाको मातहतमा ल्याउन जिम्मेवारी दिएको थियो ।


त्यसैगरी वडा नं. ५ हाँडीगाउँमा रहेको कि. नं. ५७० को जग्गाको भोगाधिकार प्राप्त गर्ने व्यवस्था मिलाउने जिम्मेवारी दिएको थियो ।


यो व्यवस्थाबमोजिम समितिका संयोजक डंगोलले २०८० भदौ १२ गते त्रि. वि. उपकुलपतिको कार्यालयलाई पत्र लेख्दै दर्तावालाकातर्फबाट केन्द्रीय समिति गठन गर्न र संयुक्त बैठकको वातावरण मिलाउन अनुरोध गरेकी थिईन । 


भदौ २७ गते दुवै पक्षका अधिकारीबिच संयुक्त बैठक बस्यो । 


उक्त जीर्ण भवन भत्काएर सम्भावित जनधनको क्षति रोक्न स्थानीय ३२ जनाले हस्ताक्षर गरेर कार्तिक १९ गते वडामा निवेदन बुझाएका थिए । 


निवेदन वडाबाट प्रमुख, प्रमुखबाट प्रमुख प्रशासकीय अधिकृत, प्रमुख प्रशासकीय अधिकृतबाट सहरी व्यवस्थापन विभागमा पुुगेपछि विभागले भवनको अवस्थालाई प्राविधिक अध्ययन गर्न इञ्जिनियर जीवन रेग्मी, आर्किटेक्ट इञ्जिनियर अमित बज्राचार्य र आर्किटेक्ट इञ्जिनियर गौरव श्रेष्ठ रहेको ३ सदस्यीय समिति गठन गरेर जिम्मेवारी दियो । 


समितिले मंसिर ४ गते बुुझाएको प्रतिवेदनमा २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड््याइएको जनाएको छ । 

 

प्रतिवेदनमा भवन कुनै पनि समयमा भत्किन सक्ने र जनधनको क्षति हुन सक्ने हुँदा जीर्ण भवनको तत्काल व्यवस्थापन गर्नुपर्ने देखिन्छ, भन्ने राय दिइएको छ । 


यो भवन वडा नंं २३ को सिट नं. १०२–११०४–१२, कित्ता नं. ३४८ मा ४ आना १ पैसा २ दाम ९०–४–१–२० क्षेत्रफलमा छ । 


त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम देखिने भवन नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो । 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika