२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बसन्तपुरको गद्दी बैठकमा सर्वसाधारणले के– के हेर्न पाउने भए त ? (फोटो फिचर)


प्रकाशित: मंगलवार, १५ चैत्र २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । बसन्तपुरको गद्दी बैठक मंगलवारबाट सर्वसाधरणको लागि खुला गरिएको छ । 


आज एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले रिविन काटेर गद्दी बैठकको औपचारिक उद्घाटन गरेका छन । 

 


सचिव न्यौपानेले आजबाट सर्वसाधरणले सजिलैसँग गद्दी बैठकको अवलोकन गर्न पाउने बताएका छन । गद्दी बैठकको ग्यालरीमा पुर्व राजाहरुको ऐतिहासिक तस्वीरहरु, ऐतिहासिक हतियारहरु, बृतचित्रहरु, लोकतन्त्रदेखि गणतन्त्रसम्मका तस्वीहरु हेर्न सकिने छ । 


भूकम्पछि बन्द रहेको गद्दी बैठकको अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन अन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोषले ७ लाख डलर सहयोगमा पुनर्निर्माण गरेका थिए ।

 


राजदरबार नारायणहिटी सरेपछि गद्दी बैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रूपमा उपयोग हुने थालेको थियो ।  


पुननिर्माणपछि अमेरिकी राजदूतावासले नेपाल सरकारलाइ गद्दी बैठक २०७५ असार १३ गते हस्तान्तरण गरेका थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सोही दिन गद्दी बैठक उद्घाटन गरेका थिए । 

 


गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको पालामा नवशास्त्रीय (नियोक्लासिकल) शैलीमा बनेको हो, जुन विदेशी पाहुनालाई ओहोदाको प्रमाणपत्र दिनका लागि प्रयोग गर्ने गरिन्थ्यो ।


१९औं शताब्दीसम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध भारत र चीनमा सीमित थियो । जंगबहादुर राणाले युरोप भ्रमण गरेपछि उताका पाहुना पनि आउने क्रम सुरु भयो ।

 


विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठक कक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले वि. सं.१९६५ मा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरेका हुन ।


बैठकको दायाँतर्फ ११ पुस्ते शाहवंशीय राजाहरुको तस्वीर राखिएको छ । गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विवरण तथा सामग्रीहरु राखिएको छ । 

 


भुइँ तलामा प्रवेश गर्नेबत्तिकै पृथ्वीनारायण शाहद्वारा बाइसी र चौबीसी राज्य एकीकरण गर्ने बेला प्रयोग भएको बन्दुक देखिन्छ ।


ग्यालरीको अन्तिममा नेपालको नयाँ संविधान जारी हुँदासम्मको विवरण राखिएको छ । बीचमा विभिन्न समयमा प्रयोग गरिएका सामग्रीसँगै वृत्तचित्र, विभिन्न समयका नेपालको राष्ट्रिय झण्डाहरुको आकृति राखिएको छ ।



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex