४ भाद्र २०८३, बिहिबार
Header

बसको रिडिवाटर पड्किँदा ६ जना घाईते


प्रकाशित: आईतबार, १६ मंसिर २०७५, ०९ः३० बजे
- महानगरखबर

काठमाडौंं । बसको रिडिवाटर पड्किँदा महोत्तरीको सोनममा गाउँपालिकामा वसमा सवार ६ जना घाईते भएको प्रहरीले जनाएको छ । 


घाईते हुनेहरुमा जलेश्वर नगपालिका–१ की ५० वर्षीया सतिया देवी, वडा नं ८ की ५५ वर्षीया लीला देवी र बलवा नगरपालिका–४ की ५५ वर्षीया परेखनी देवीको अवस्था गम्भीर रहेको छ । साथै बसका चालक विजय मण्डल र अन्य दुई जना पनि घाइते छन् ।

 
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइतेहरुको उपचार धनमति देवी मेमोरियल प्राथमिक उपचार केन्द्र सम्सीमा भइरहेको छ । 


शनिवार ‘शिवचर्चा’ को श्रद्धालु भक्तजन बोकेर जिल्लाको सदरमुकाम जलेश्वरबाट सोनमा गाउँपालिकाको सुन्दरपुर जाँदै गरेको ज१ख ८७४ नंको बसको सम्सी गाउँपालिका–८ स्थित सडकखण्डमा अचानक रेडिवाटर पड्किँदा सो घट्ना भएको प्रहरीको भनाई छ । 


बसको रेडिवाटर अचानक पड्किँदा रेडिवाटरको तातोपानी बसभित्र बसेका श्रद्धालुहरुको जीउ, हातखुट्टा, अनुहारलगायतका भागमा परेपछि जलेर उनीहरु घाइते भएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex