४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बसको ठक्करबाट मोटरसाईकलमा सवार २ को मुत्यु


प्रकाशित: शुक्रबार, ५ असोज २०७५, ०८ः४८ बजे
- महानगरखबर

काठमाडौं । बसको ठक्करबाट विहिवार राती भुक्तपुरको सूर्यविनायक अगाडी अरनीको राजमार्गमा मोटरसाईकलमा सावर २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 


बनेपा जाँदै गरेको बा९ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँद मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चितवन घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 


महानगरीय प्रहरी बृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिशु शर्मालेका अनुसार उनीहरुको उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो । 


प्रहरीले घटनापछि फरार रहेका बसका चालक काभ्रे बनेपा चारदोबाटोका ३३ वर्षीय सनम श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex