८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बल्खु खबरदारी सभामा राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी


प्रकाशित: मंगलवार, २६ चैत्र २०८१, १५ः५० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रले लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भात पानी बन्द गरिदिने चेतावनी दिएका छन । 


काठमाडौंको बल्खुमा मंगलवार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै लिङदेनले सो बताएका हुन । 


उनले आफूहरू गोली नचलाउने तर बालुवाटार घेर्न भने सक्ने बताए ।


‘मैल फेरि पनि भन्छु, नसुध्रने हो भने हामी पनि गोली चलाउँछौं त भन्दिन । बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौं ,’ लिङ्देनले भने, ‘यो कुरा याद राख ।’


हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र लगायतका माग राख्दै राप्रपाले प्रदर्शन गरेको हो । 


सम्बोधनको क्रममा उनले लिङ्देनले सबै राजनीतिक शक्तिहरू अटाउने गरी नयाँ समझदारी गर्नुपर्ने बताएका छन । 


‘अब देश यही अवस्थाबाट अगाडि जान सक्दैन। देशलाई पछाडि फर्काउने कुरा पनि होइन तर अब देश यहीँ रहन सक्दैन, देशलाई अगाडि जानैछ तर यही बाटोबाट देश अगाडि जान सक्दैन,’ अध्यक्ष लिङ्देनले भने, ‘यसकारण देशलाई नयाँ समझदारीको आवश्यकता छ। त्यसका लागि शान्तिपूर्ण ढंगले सबै राजनीतिक शक्तिहरू अटाउने गरी सबै राजनीतिक शक्तिहरूको सहमतिमा नयाँ समझदारी गरौं। हिजोका र अहिलेका राम्रा कुरा लिएर मौलिक व्यवस्था निर्माण गरौं।’


उनले राजादेखि अहिलेका गणतन्त्रवादीहरूसम्म अटाउने गरी मौलिक व्यवस्था निर्माण गरिनुपर्नेमा जोड दिए।


राप्रपाको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा तैनाथी बाक्लो बनाइएको छ । छेवैमा रहेको सत्तारुढ दल नेपाली कांग्रेसको पार्टी कार्यालय, कलंकीको भाटभटेनी सुपरमार्केट लगायतका क्षेत्रमा सुरक्षा बढाइएको छ ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex