३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बल्खुको तरकारी बजार नजिकको तलाउमा एक मजुदर मृत फेला


प्रकाशित: मंगलवार, ६ फागुन २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं बल्खुको तरकारी बजारमा एक जना मजदुर मृत फेला परेको छ । 


प्रहरीका अनुसार सर्लाहीको बर्थवा घर भएका उमेश महतोको शव भेटिएको हो । 


बजार नजिकै रहेको ८र९ फिट गहिरो तलाउमा महतोको शव भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ । 


महतो २८ माघदेखि हराइरहेको महतोको खोजतलासक उनी पानीमा डुबेको अवस्थामा भेटिएका प्रहरीले बताएकोक छ । 


प्रहरीले शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएको छ । 


तलाउको किनारमा कपडा खोलेर राखेको र सो कपडामा ५÷६ हजार रुपैयाँ पनि बरामद भएको छ प्रहरी अनुसन्धानमा खुल्नको आएको छ । 


मृत्युको कारणबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex