काठमाडौ । बलिउड नायिका करिश्मा कपुरले आज दरबारमार्गस्थित मेरीगोल्ड ज्वेलरी उद्घाघाटन गरेकी छिन् ।
नायिका करिश्मा सो ज्वेलरी उद्घाटन गर्न भनेर विहान काठमाडौं आईपुगेकी हुन् । उनले सो उद्घाट्न कार्यक्रममा १५ बर्ष अघि आएको नेपालको सुन्दरताले आफूलाई अहिले पनि मोहित पार्ने बताईन् । ज्वलेरी उद्घाटन गर्ने अवसरमा फेरि यहाँ आउन पाएकोमा आयोजकलाई धन्यावाद समेत दिईन् ।
ज्वेलरीका प्रबन्ध प्रवन्ध निर्देशक ज्योत्सना श्रेष्ठले पुस्तौदेखिको व्यापारलाई व्यवसायिक रुपमा अघि बढाउन खोजेको बताईन ।
त्यसैगरी उद्घाटन कार्यक्रममा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भावना राणाले नेपालमा जेम्स एण्ड ज्वेलरीको सम्भावना धेरै रहेको बताउँदै अन्तराष्टिÇय स्तरमा समेत आउटलेट खोल्न ज्वेलरीका प्रबन्ध निर्देशक श्रेष्ठलाई सुझाव दिईन ।
Categorized in राष्ट्रिय