काठमाडौं । बलिउड अभिनेत्री राधिका आप्टेले हलिउडमा जस्तै बलिउडमा पनि #Me Too अभियान चलाउन आवश्यक भएको वताएकी छिन् ।
वीबीसी हिन्दीसँगको कुराकानीमा सो कुरा बताउँदै अभिनेत्री आप्टेले ठुला नाम भएका व्यक्तिहरुले पीडितको पक्षमा खुलेर बोलेको खण्डमा अभियान सफल हुने वताईन् ।
अभिनेत्री आप्टेले भनिन् — ‘बलिउडमा हिलउड जस्तो कुनै सरल र निर्धारित तरिका नभएकोले महिला अभिनेत्रीहरु यस किसिमको शोषणमा बारम्बार पर्ने गरेको छ ।’
त्यसैगरी बिलउडकै अर्का अभिनेत्री कल्कि केक्ला पनि मि टू अभियान बौल्दै भनेकी छिन् आफूलाई त्यसबेला दुःख लाग्छ जब ती युवा अभिनेता — अभिनेत्री जसले आफूमाथि भएको यौन दुव्र्यवहारप्रति बोल्दैनन् ।
उनले वीवीसँग भनिन, “ कुनै पहिचान नभएकाहरुले बोल्दा कसैले सन्दैनन तर सेलिब्रेटीहरुले यस बिषयमा बोल्ने हो भने मिडिमा हेडलाईन बन्छ ।”
दक्षिण भारतका चर्चित अभिनेत्री श्रीरेड्डीले उनीसँग भएको कास्टिंग काउचको बिरोध गरेपछि यौन शोषणको बारेमा मिडियमा ठुलै हंगामा भएको थियो ।
मि टू अभियानको बारेमा बीवीसीले बलिउडका दर्जौनौ युवा अभिनेता तथा अभिनेत्रीहरुसँग कुराकानी अघि बढाएका छन् ।
केही समय अघि हलिउडका केही चर्चित अभिनेत्रीहरुले यौन शोषण विरुद्ध मि टु अभियान चलाएपछि हलिउडमा ठुलै हंगामा मच्चिएको थियो ।
चर्चित निर्माता तथा निर्देशक हरभे विन्स्टाईनको पर्दाफास भएको थियो । उनले हलिउडका लगभग सबै अभिनेत्रीहरु उनीविरुद्ध सामाजिक सञ्जालमा खनिएको थियो ।
Categorized in मनोरन्जन