काठमाडौं । बलात्कारीलाई मृत्युदण्डको सजाय माग गरिरहेको बेला सरकारले मुलुकी अपराध संहितामा संशोधन गरी बलात्कारीलाई जेल सजाय बढाएको छ ।
सकारले मुलुकी अपराध संहितामा संशोधन गरी १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिलालाई बलात्कार गरे जन्मकैदको व्यवस्था गरेको हो ।
यसअघि १० वर्षमूनिकी बालिका बलात्कार गरे १६ देखि २० वर्ष जेल सजायको व्यवस्था गरेका थियो ।
अब बलात्कारीले २५ वर्ष जेल बस्नु पर्नेछ । बलात्कारपछिको हत्यामा गरेमा जन्मकैदको व्यवस्था यस अघिनै संहितामा कानुनी व्यवस्था छ ।
त्यसैगरी १० देखि १४ वर्षसम्म बालिका बलात्कार गरे १८ देखि २० वर्षसम्म सजायको व्यवस्था गरिएको छ । यसअघि यो सजाय १४ देखि १६ वर्षसम्म थियो ।
त्यस्तै पूर्ण अशक्त र अपाङ्गता भएकी महिलालाई बलात्कार गरे जन्मकैदको व्यवस्था राखिएको छ । यसअघि नै सामूहिक जबरजस्ती करणी गरे वा छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपांग वा शारिरिक वा मानसिक रूपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जबरजस्ती करणी गरे उमेरअनुसारको सजायमा थप पाँच वर्षसम्म कैदको व्यवस्था संहितामा छ ।
Categorized in समाज