४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बलात्कारीलाई फाँसीको सजाय माग गर्दै राजधानीमा पेटीकोट लगाएर प्रदर्शन


प्रकाशित: शनिबार, २ भाद्र २०७५, १६ः१५ बजे
- महानगरखबर

काठमाडौं । बलात्कारीलाई फाँसीको सजाय माग गर्दै काठमाडौं माईतिघरमा शनिबार पेटीकोट लगाएर प्रदर्शनमा उत्रेका छन् । 


पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत सहभागी रहेका छन । प्रदर्शन लगत्तै प्रहरीले हस्तक्षेप गरेर तितरवितर पार्नुका साथै केहीलाई नियन्त्रणमा लिएको छ ।  


देशमा बढिरहेको हत्या हिंसा र बलत्कारका घटनाहरुको विरोध गर्दै प्रदर्शनकारीहरुले कालो रंगको पेटिकोट लगाएर प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।


माईतीघर मण्डला क्षेत्रमा यस अघि अदालतको आदेशले प्रदर्शनमा रोकटोक नलगाउन आदेश दिएपनि प्रहरीको हस्तक्षेपको विरोध गरेका छन् । 


प्रहरीले प्रदर्शनस्थलबाट अनामनगर शावित्री सुवेदी जयनारी अभियानकी शावित्री सुवेदीका रिया भण्डारी लगायतलाई पक्राउ गर्नका साथै तेस्रो लिंगी सन्ध्या लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex