१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बर्षाले देशका बिभिन्न भागको राजमार्ग, सडक अवरुद्ध, बस्ती समेत डुवानमा


प्रकाशित: शुक्रवार, २७ असार २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । विहिवार विहानैदेखि परेको अबिरल बर्षाका कारण देशका विभिन्न भागको राजमार्ग, सडकहरु अवरुद्ध भएका छन ।


बर्षाको कारण आएको बाढीले रौतहटको जनजीवन प्रभावित बनेको छ भने पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध बनेको छ ।


साथै लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन ।


प्रहरीका अनुसार सडक अवरुद्धका कारण सवारी आवागमन रोकिँदा यात्रुहरु विचल्लीमा परेका छन । 


त्यसैगरी पहिरो खसेपछि पाल्पा– बुटवल सडक एकतर्फी रुपमा मात्र सञ्चालन भएका छन भने उदयपुरको बरुवा नदिको बाँध फुट्ने खतरा देखिँदा गाईघाट बजार डुवानमा पर्ने देखिएको छ । 


बर्षाले गर्दा उदयपुरको सिद्धिचरण लोकमार्ग समेत अवरुद्ध बन्ने पुगेको खवर छ । 


सिराहको लहानमा बजार क्षेत्र र सरकारी कार्यलय जलमग्न भएको छ । स्थानीयहरु वासीहरुले अहिले अवातजावत समस्यममा भएको बताएका छन । 


बर्षाको पानी निकास नहँदा लाहानको सरकारी कार्यलयहरु जिल्ला कृषी विकास कार्यलय, जिल्ला पशु सेवा कार्यलय, नेपाल विद्युत प्राधिकरण कार्यलय, जिल्ला प्रहरी कार्यलयलगातका सरकारी कार्यलय जलमग्न भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex