१४ बैशाख २०८१, शुक्रबार
Header

बर्षमा सयदिनको रोजगारी ग्यारेन्टी


प्रकाशित: बुधबार, ३० साउन २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । परिवारको कुनै सदस्य रोजगार नभएको अवस्थामा सरकारले परिवारको एक सदस्यलाई बर्षमा एक सयदिनको रोजागरी सुनिश्चित गर्ने भएको छ । 


मन्त्रिपरिषदबाट कार्यविधि पारित भएपछि सो कार्यक्रम लागु हुनेछ । यस कार्यक्रमको लागि सरकारले ३ अर्ब २५ करोड बजेट बिनियोजन गरेको छ ।

 
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार स्थानीय तह, प्रदेश तथा अन्य व्यावसायिक संस्थाहरूसँग सम्झौता गरी रोजगारी ग्यारेन्टीको कार्यक्रम सञ्चालन गरिनेछ ।

 
रोजगारी नभएको परिवारको सदस्यलाई निर्माण, गैरसरकारी तथा अन्य क्षेत्रमा वर्षभर १ सयदिन रोजगारी दिने कार्यविधि तयार भएको छ । 


यो कार्यक्रममा रोजगारी पाउनेले सरकारले तोकेको न्यूनतम ज्यालाको आधा रकम सरकारको तर्फबाट पाउने छन् । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD