३ भाद्र २०८३, बुधबार
Header

बर्दिवास नगरपालिका वालश्रममुक्त घोषणा


प्रकाशित: आईतबार, १५ पुष २०७५, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका बालश्रमुक्त नगरपालिका घोषित भएको छ । 


बर्दिवास नगरपालिकाले आईतबार बर्दिवास चोकमा आयोजना गरेको खुला समारोहमा महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाले नगरपालिका क्षेत्र बालश्रममुक्त भएको घोषणा गरेका छन् । 


प्रदेशसभा सदस्य थापाले आफ्नो स्थानीय तहमा यहाँका जनप्रतिनिधि, कार्यालयका कर्मचारी र साझेदार सहयोगी संस्थाको निरन्तरको मेहनतले नगरपालिका जिल्लाकै पहिलो बालश्रममुक्त घोषणा हुन सकेको बताए । 


सो घोषणा समारोहमा नगरप्रमुख विदुरकुमार कार्की, उपप्रमुख कृष्णमाया गौतमसहित जनप्रतिनिधि, नगरको शिक्षा तथा सामाजिक विकास शाखाका प्रमुख, नगरपालिकाका सहयोगी साझेदार संस्थाका प्रतिनिधि र समारोहमा सरिक सबै सहभागीले नगरपालिकालाई बालश्रममुक्त गर्ने प्रतिबद्धता जनाए । 


कूल ६४ हजार जनसङ्ख्या नगरपालिका क्षेत्रमा गत मङ्सिरमा अनुगमन गरिँदा १७८ बालश्रमिक भेटिएका थिए । ती सबै बालबालिकालाई अभिभावकको जिम्मा लगाई पठनपाठनको व्यवस्था मिलाइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex