काठमाडौं । विपद् प्रतिरोधी आवास निर्माण परियोजना अन्तर्गत बर्दियाका बाढीपीडितलाई १३० वटा विपद् प्रतिरोधी घर निर्माण गरि हस्तान्तरण गरिएको छ ।
ओल्ड रिन्यु क्यानडाको आर्थिक सहयोग र गुलरिया नगरपालिका बर्दियाको समन्वयमा कारितास नेपालले शनिबार १०३ वटा घर निर्माण गरी बाढीबाट प्रभावित पूर्ण क्षति भएको घर गुलरिया नगरपालिका–१, ३, ४, ५, ८, १० र १२ मा निर्माण गरि हस्तान्तरण गरिएको हो ।
सो घर निर्माणका लागि प्रतिघरमा रु तीन लाख २५ हजार बराबरको लगानी भएको बताइएको छ ।
कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव, ओल्ड रिन्यु क्यानडाका आवाशीय प्रतिनिधि मुक्ति सुवेदी, जिल्ला प्रशासन कार्यालय बर्दियाका निमित्त प्रमुख महेन्द्रजङ्ग शाही, नेपाल पत्रकार महासङ्घका अध्यक्ष राजेन्द्रप्रसाद धिताल लगायत विभिन संघ, संस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Categorized in समाज