२१ बैशाख २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बर्थिङ सेन्टरमा बच्चा जन्माउनेलाई ६ हजार ८ सय भत्ता दिईने


प्रकाशित: बिहिबार, २४ साउन २०७५, ०८ः३८ बजे
- महानगरखबर

काठमाडौ । स्वास्थ्य चौकीको बर्थिङ सेन्टमार बच्चा जन्माउनेलाई मोरङको कानेपोखरी गाउपालिकाले भत्ता दिने भएको छ । 


गाउँपालिकाले बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु ६ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । 


कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले सो सुविधा दिने भएको हो । 


 गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोका अनुसार आर्थिक वर्ष ०७५÷७६ को बजेटमा परेको उक्त रकम साउन महिनादेखि दिने निर्णय गरिएको छ । यो सुविधा सबै नेपाली नागरिकलाई दिइने भएाको ।  


स्वास्थ्य चौकीले अर्को अस्पतालमा सिफारिस गर्नुपरेमा त्यस्ता सुत्केरीलाई एम्बुलेन्सबापत रु २ हजार भाडा समेत दिइने व्यवस्था गाउँपालिकाले गरेको जनाएको छ । 


त्यसैगरी नियमित चेक गर्नेलाई स्वास्थ्य चौकीले प्रदान गर्ने रु एक हजार ८०० प्रदान गर्ने गरेको छ । उक्त स्वास्थ्य चौकीले २४ सै घण्टा प्रसूति सेवा दिइरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex